Latest Updates

Dharan

धरान औद्योगिक क्षेत्रको

(संक्षिप्त विवरण)

धरान आसपासको पहाडी क्षेत्रबाट काठ चिरान गर्ने काम गर्न आसपासको पहाडी क्षेत्रबाट अधिक काठ चिरानहुने स्थल रहेको धरान आउने कामदारहरुले काठ चिर्नको लागि चिरान स्थलमा चिरान पूर्वनिर्माण गरिने धरानको नामबाट धरान नामाकरण भएको मानिन्छ । धराननाम रहनुको सन्दर्भमा यही धरानमा बिक्रम सम्वत् २०२९ सालमा मित्रराष्ट्र भारत सरकारको सहयोगमा धरान औद्योगिक क्षेत्रको स्थापना भएको हो ।देशकै सबै भन्दा ठुलो औद्योगिक नगर अर्थात हालप्रदेश नम्बर१को राजधानी रहेको मोरङ्ग जिल्लाको बिराटनगरबाट ४०कि.मि. उत्तर सुनसरी जिल्लाको सुन्दर नगरी धरान उपमहानगरपालिका वडा नं.८ मा (२०२ रोपनी) क्षेत्रफलमा यो औद्योगिक क्षेत्र अवस्थित रहेकोछ । पूर्वमा पूर्वाञ्चल ईन्जिनियरिङ्ग क्याम्पस, पश्चिममा रेडियो नेपालको क्षेत्रिय प्रसारण केन्द्र, उत्तरमा धरान बजार र दक्षिणमा चारकोशे जङ्ग यस क्षेत्रको सिमाना पर्दछन् । बालाजु औद्योगिक क्षेत्र, हेटौडा औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र, पश्चात धरान र नेपालगन्ज औद्योगिक क्षेत्र एकैसाथ स्थापनभएका हुन ।देशमा हाल सञ्चालनमा रहेका १० वटा औद्योगिक क्षेत्रहरु मध्ये धरान एउटा औद्योगिक क्षेत्र हो। यस औद्योगिक क्षेत्रको सञ्चालन २०४५ साल यता औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गर्दै आएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालय बालाजुमा रहेका छ ।

ऐतिहासिक बुडा सुव्वा, दन्तकालि, पिण्डेश्वर मन्दिर यसै नगरमा रहेका छन् भने धरान नजिकै चर्चित वराह क्षेत्र धाम तथा विष्णुपादुका मन्दिर रहनुको साथै पर्यटकिय स्थल भेडेटार पनि धरानबाट १८ किलो मिटर दुरीमा रहेको छ । धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकसित भैरहेको धरानमा औद्योगिक क्षेत्र भने आशातित रुपमा बिकसित हुन सकिरहेको छैन । यस क्षेत्रमा प्रारम्भमा १७ वटा औद्योगिक भवनहरु रहेता पनि दैबि दुर्घट्नाबाट एउटा भवन क्षति भएकोले हाल यस क्षेत्रको स्वामित्वमा १६ वटा औद्योगिक भवनरहेका छन् । औद्योगिक प्रयोजनका निम्ति १४४.०६ रोपनी जमिन तथा १६ वटा औद्योगिक भवनहरु उद्योगहरुलाई लिजमा उपलब्ध गराईएको छ भने बांकी ५७.९४ रोपनी जमिन यूटिलिटि सर्भिसेजले ओगटेको छ । हालको वहाल दर जग्गा वार्षिक प्रतिरोपनी रु.८८३१।७५, भवनमा सिक प्रतिवर्ग फिट रु.२।१० तथा गोदाममा सिकप्रतिवर्ग फिट रु.१४।५४ रहेको छ ।हाल यस क्षेत्रमा ३७ वटा साना, ठुला उद्योगहरु स्थापना भएका छन्, जसमध्ये ३ वटा उद्योगहरु उद्योगको आफ्नै आन्तरिक कारणले बन्द रहेका छन्, ५वटा उद्योगहरु निर्माणाधिन अवस्थामा रहेका छनभने३० वटा उद्योगहरु सञ्चालितछन् ।यि उद्योगहरुबाट प्लाष्टिक्स् जन्य (पिभिसि÷एचडिपि) पोथिनपाईप, धातुजन्यतामा, पित्तल र आल्मुनियमका भाडा वर्तन, धाराको टुटि, भल्भहरु, ग्रिल सटरको साथै खाध्य वस्तुहरु चामल, कत्था, दुघ्दजन्य डेरीको साथै औषधिजन्य उद्योग रकत्था पशुआहर आदि उत्पादान गर्दछ ।उद्योग विस्तारका निम्ति जमिन खालि नभएको कारण उद्योग गर्न चाहने उद्यमीहरुलाई जमिन उपलव्ध गराउन सकिएको छैन । व्यापारी समुदायको वाहुल्यता रहेको ब्यापारिक द्वार मानिने, यस भेगका वासिन्दाहरु पछिल्लो समयमा उद्योग स्थापना गर्न उत्सुक देखिएता पनि जमिन र भवनको अभावका कारण उद्योगको विकास विस्तारमा आशातित प्रगति हासिल गर्न सकिएको छैन ।जग्गा तथा भवन लगायतको पूर्वाधार विकास विस्तार गर्न सकिएमा उद्योग प्रबर्द्धनको प्रसस्तै सम्भावना रहेको छ ।

धराण उधोगको विबरण