Pokhara

पोखरा औद्योगिक क्षेत्र

संक्षिप्त विवरण

देशलाई आर्थिकरुपमा सबल बनाउन तथा रोजगारी सृजना गर्न, औद्योगिकरण एक उपयुक्त माध्यम हुनसक्ने भएकोले उद्योगहरू स्थापनार्थ निश्चित स्थान तोकी उद्योग सञ्चालनका लागि अत्यावश्यक भौतिक पुर्वाधारहरू जस्तै: विकसित जमिन, औद्योगिक भवन, सडक ढल, विद्युत, पानी तथा अन्य सुविधाहरू जस्तै: दिवा शिशुस्याहार, चमेनागृह, प्राथमिक उपचारकालागि क्लीनिक, सुरक्षा व्यवस्था आदि जस्ता सेवाहरु एकै ठाउंमा उपलव्ध गराउने उद्देश्य राखी पोखरा औद्योगिक क्षेत्रको स्थापना वि.सं.२०३१ साल आश्विन १६गते नेपाल सरकारको लगानीमा भएको हो । सरकारीस्तरबाट स्थापित अन्य औद्योगिक क्षेत्रहरु जस्तै यो औद्योगिक क्षेत्र पनि साविकमा नेपाल सरकारको प्रत्यक्ष नियन्त्रण एवं व्यवस्थापनमा संचालन भई रहेकोमा वि.स.२०४५ साल श्रावण १ गते देखि कम्पनी ऐन अन्तर्गत औद्योगिक क्षेत्र व्यवस्थापन लि. स्थापना भए पश्चात लि.अन्तर्गत सञ्चालन भईरहेको छ । गण्डकी प्रदेश, पोखरा महानगरपालिका वडा नं. १०, पृथ्वी लोकमार्गसँग जोडिएको र साथै निर्माणाधिन अवस्थामा रहेको क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलबाट करिब २ कि.मी. मात्रको दुरीमा रहेको साथै देशको राजधानी काठमाण्डौबाट २००कि.मी.मात्र टाढा रहेको माछापुच्छ्रे] हिमालको काखमा अवस्थित पर्यटकिय नगरी भएकोले पनि व्यापारिक दृष्टकोणले उद्योगको विकासको लागि सम्भावनायुक्त स्थलकोरुपमा रहेकोछ ।

हाल यस औद्योगिक क्षेत्र भित्र देश कै पहिलो चाउचाउ रारा यसै क्षेत्रभित्र उत्पादन भई रहेको छ भने देश कै महत्वपुर्ण धलो दध उत्पादन समेत गर्ने उद्योग यहि क्षेत्र भित्र सञ्चालनमा छ ।यसै गरी मानव स्वास्थ्यका लागि अत्यावश्यक बस्तुहरु जस्तै अक्सिजन ग्यास, प्रशोधित पानी साथै जलविद्युत परियोजनाहरुका लागि आवश्यक पर्ने ठुला निर्माण सामाग्री पेनस्टक पाईप जस्ता बस्तुहरु उत्पादन हुने गरेको छ । समग्रमा फोहोरलाई मोहरबनाउन सहयोग गर्ने प्लाष्टिक रिसाइकल गर्ने उद्योग, भान्सामा प्रयोग हुने मर मसला बनाउने उद्योग देखि विस्कुट, म्याकरोनी, पाउरोटी, गेडागुडी प्रशोधन च्युरा भुजा उत्पादन गर्ने खाद्य उद्योग लगायत कपडा तथा जुत्ता, सिरक डस्ना, निर्माण सामाग्री जस्तै ब्लक, मेटल फेब्रिकेशन, ह्युम पाइप, टान्सफरमर उत्पादन तथा मर्मत गर्ने, विजुलीको तारहरु बनाउने उद्योग आदि पनि सञ्चालनमा रहेका छन् । साथै, बैकिड. सेवाका लागि श्री लक्ष्मी बैंक लि.को शाखा, सुरक्षा सेवा अन्तर्गत सशस्त्र प्रहरीबलको वेश र क्षेत्रको प्रवेशद्वारमा नेपाल प्रहरीको पोष्ट पनि रहेको छ ।

समग्रमा उद्योगको लागि आवश्यक न्युनतम भौतिक पुर्वाधारहरु विकशित जमिन, बाटोढल, औद्योगिक भवन, ३५०० के.भि.ए.को विद्युत क्षमता, ,५०,००० लि. क्षमताको होभरहेड पानी टैकीबाट निर्वाध वितरण, बैंकिङ्ग एवं सुरक्षा सेवा एकै ठाउमा उपलब्ध भएकोले करिब ४७२ रोपनी (जग्गाधनी प्रमाणपुर्जामा भएको) जमिनको पुर्ण सदुपयोग भएको छ जस्मा हाल ८६ वटा उद्योग तथा सहयोगी संघ संस्थाहरु रहेकोमा सबै ७६ वटा उद्योगहरु सञ्चालनमा रहेकोले यो औद्योगिक क्षेत्र प्रदेश कै औद्योगिक हबको रुपमा रहेको भन्न सकिन्छ । यस क्षेत्रले राज्यलाई वार्षिक करिब ५० करोडको राजश्वमा योगदान गर्ने गरेको छ भने करिब ३००० लाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ । क्षेत्रको तर्फबाट करिब ७ करोड र उद्योगको तर्फबाट करिब ४०० करोडको लगानी रहेकोछ

सूचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम प्रकाशित बिबरण

  • सूचना को हक सम्बन्धी
  • उधोग सम्बन्धी बिबरण
  • मर्मत कार्यगत खर्च बिवरण
  • २०७७ अश्विन मसान्तसम्मको

    1. सूचनाको हक सम्बन्धी एन २०६४ बमोजिम प्रकाशित बिबरण
    2. यर्थात खर्च विवरण,२०७७ अश्विन मसान्तसम्म
    3. क्रमांगत विकास कार्य

    २०७८ असाढ मसान्तसम्मकाे

    1. सूचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम प्रकाशित बिबरण

    सूचनाहरु (Notices)

    1. पाेखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको बोलपत्र आह्ववानको सुचना प्रकाशित मिति २०७८।१२।१३
    2. पाेखरा औद्याेगिक क्षेत्र कार्यालयकाे सडक निर्माण सम्बन्धी सिलबन्दी बाेलपत्र आह्ववानकाे सूचना (प्रथम पटक प्रकाशित मिति २०७७।०९।२१)
    3. पाेखरा औद्याेगिक क्षेत्र व्यवस्थापन कार्यालयकाे ट्रान्सफरमर खरिद सम्बन्धी सिलवन्दी दरभाउपत्र आवह्नकाे सूचना दाेश्राे पटक प्रकासित मिति 2077/7/12
    4. पाेखरा औ क्षे व्य कार्यालयकाे सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना
    5. गाेरखापत्र दैनिकमा प्रकाशित
    6. पोखरा औद्योगिक क्षेत्र परिसरमा Guest House Building को Repair and Maintenance सम्बन्धी सिलबन्दी दरभाउपत्रको सुचना प्रकाशित मिति २०७८।०५।१७ गते
    7. पोखरा औद्योगिक क्षेत्र परिसरमा Guest House Building को Repair and Maintenance सम्बन्धी सिलबन्दी दरभाउपत्रको पुनः सुचना प्रकाशित मिति २०७८।०६।०५ गते
    8. पाेखरा औद्योगिक क्षेत्रकाे सिलबन्दी दरभाउपत्र अहवानकाे सुचना प्रकाशित मिति 2078/06/25
    9. Invitation for BID of Pokhara Industrial District Managemet Office published date 2080 09 06