Butwal

बुटवल औद्योगिक क्षेत्र

संक्षिप्त परिचय

नेपाल सरका/को आफ्नै लगानीमा आफ्नै मोडल र जनशक्तिबाट वि.स.२०३२ सालमा स्थापित बुटवल औद्योगिक क्षेत्र नेपालको ५ नं प्रदेशको जिल्ला रुपन्देहि, बुटवलमा अवस्थित रहेको छ । यस औद्योगिक क्षेत्रको पूर्वमा सुखौरा खोला, पश्चिममा नेपाली सेनाको व्यारेक, उत्तरमा पुव(पश्चिम राजमार्ग तथा शिवनगर सामुदायिक वन, दक्षिणमा रामनगर सामुदायीक वन पर्दछ । यो औद्योगिक क्षेत्र पुर्वपश्चिम राजमार्गको दक्षिण तर्फ बुटवल उपमहानगरपालिका वडा नं.१० रामनगरमा अवस्थित छ ।

नेपालको प्रदेश नं.५ को अस्थायी राजधानी बुटवलमा रहेको यस औद्योगिक क्षेत्रबाट बुटवलको मुख्यबजार लगभग ३ किलो मिटर, भैरहवा व्यपारिक नाका २६ किलोमिटर, भारतको सुनौली नाका २८ किलोमिटर तथा यस औद्योगिक क्षेत्रबाट ४५ किलो मिटरको दुरीमा नेपालको पवित्र धार्मिक स्थल लुम्बिनी पर्ने भएकाले यसको छुट्टै महत्व छ । यस क्षेत्रमा विशेष गरी फलामजन्य निर्माण सामग्रीहरुको बाहुल्यता रहेको छ । क्षेत्रमा उत्पादित सामग्रीहरूमाः झोलुंगे पुल, हाइड«f]पावरका निर्माण सामाग्री, विद्युतीय सामग्री, फलामे पोल, केवल, तार, स्वीच बोर्ड, लिष्टी, काष्ट आईरनका सामान प्लास्ट«Lकजन्य सामानहरु कुर्सी, डस्टवीन, पाईप, पाईप फिटिé सामाग्री, जर्किन, डिव्वा, डोरी, ढलान सिट, झोला फित्ता स्टील तथा पित्तलका भाडाकुडा, सावुन तथा कपडा, फाईवर सिट, पेचकिल्ला, सिमेन्टका बिद्युत पोल, ह्युम पाईप, मोटरसाईकलका हेल्मेट, लेगार्ड, दुध तथा दुग्धजन्य पदार्थ, मसला समेत उत्पादन भैरहेको छ ।

उद्योगहरूबाट हालै प्राप्त तथ्यांक अनुसार यस औद्योगिक क्षेत्रमा २ अर्ब ३१ करोड निजी क्षेत्रको लगानी रहेको छ । औद्योगिक क्षेत्रले २०४२ जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ। क्षेत्रस्थित उद्योगबाट नेपाल सरकारलाई करीव रू.३५ करोड २० लाख राजस्वमा योगदान पु¥याएको अवस्था छ ।

बुटवल औद्योगिक क्षेत्र

स्थापना

:- २०३२ साल फाल्गुन ५ गते ।

क्षेत्रफल

:- ४३४ रोपनी

बिकसित जमिन

:-४३४ रोपनी

लिजमा दिइएको जमिन

:- ३७३.२४ रोपनी

बुटवल औद्योगिक क्षेत्र उद्योग संघ

:- ०.६९ रोपनी

युटिलिटि सेवाले ओगटेको जमिन

:- ६०.०७ रोपनी

लिजमा दिन बांकी जमिन

:- नभएको

लिजमा दिएको भवनको क्षेत्रफल

:- १५,६५४.४८ वर्गफिट

लिजमा गोदाम भवनको क्षेत्रफल

:- ४९६५.७२ वर्गफिट

रोजगारी संख्या (जम्मा)

:- २०४२ जना

महिला

:- ४८७

पुरुष

:- १५३४

क्षेत्र व्यवस्थापन कार्यालयमा कार्यरत

:- २१

बिद्युत्त क्षमता

:- ४००० केभिए

पानी क्षमता

:- २५० कि.लि.प्रतिदिन

सडक विस्तार

:- २.१४ कि.मी.

लगानी

सरकारी क्षेत्रको

:- रु. १.७९ करोड

निजी क्षेत्रको

:- रु. २ अर्व ३१ करोड

जम्मा उद्योग संख्या

:- ७२

चालु उद्योग

:- ६४

निर्माणाधिन उद्योग

:- ४

वन्द उद्योग

:- ४

अन्य संघ÷संस्था

:- २ (औ.क्षे.उद्योग संघ, चमेनागृह)

उत्पादन क्षमता (बार्षिक)

:- रु.४ अर्व २८ करोड (अनुमानित)

राजश्वमा योगदान (बार्षिक)

:- रु.५६ करोड २० लाख

सेवाहरुः

  • जग्गा तथा औद्योगिक भवनहरु ४० वर्षको लागि बहालमा दिने ।
  • बढिमा २ बर्षको लागि गोदाम भवन बहालमा दिने ।
  • छुट्टै फिडरबाट नियमित बिद्युत्त आपुर्ति ।
  • २४ सै घण्टा पानी वितरण ।
  • स्वास्थ सेवा, औद्योगिक स"rgf तथा तथ्यांक उपलव्ध गराउने ।
  • उद्योगको नामसारी, ;Demf}tf नविकरण, कर्जा सिफारिस, उद्देश्य थप, पुजी बृद्धि, उद्योग गाभ्ने प्रशासनिक सेवाहरू ।