Latest Updates

?>
  • चितवनकाे शक्तिखाेर र मकवानपुरकाे मयुरधाप औद्याेगिक क्षेत्र व्यवस्थापन कार्यालयकाे स्थलगत निरिक्षण तथा अन्तरक्रिया कार्यक्रम

    चितवनकाे शक्तिखाेर र मकवानपुरकाे मयुरधाप औद्याेगिक क्षेत्र व्यवस्थापन कार्यालयकाे स्थलगत निरिक्षण तथा अन्तरक्रिया कार्यक्रम

    2020-12-03 - 2021-01-03 चितवन र मकवानपुर

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड

    औद्योगिक क्षेत्रहरुको स्थलगत भ्रमणको प्रेस बिज्ञप्ति

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरेज्यू र नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री सुशिल भट्टज्यू, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिका अध्यक्ष श्री नन्द किशोर बस्नेतज्यू र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका औद्योगिक पूर्वाधार महाशाखाका सह-सचिव श्री बलराम रिज्यालज्यू लगायतका प्रतिनिधि मण्डलबाट मिति 2077 मङ्गसिर 18 गते शक्तिखोर र मयूरधाप औद्योगिक क्षेत्रहरुको स्थलगत निरीक्षण तथाअवलोकन भ्रमणभयो ।

    भ्रमण प्रतिनिधी मण्डलका पदाधिकारीहरु, स्थानीय राजनीतिक दलका जनप्रतिनिधिहरु,चितवन जिल्लाका प्रमुख जिल्ला अधिंकारी श्री नारायण प्रसाद अधिकारीज्यू, जिल्ला वन डिभिजन कार्यालयको प्रमुख तथा अन्य कार्यालयका प्रमुखहरु, चितवन उद्योग संघका पदाधिकारीहरु र पत्रकारहरुबाट शक्त्तिखोर औद्योगिक क्षेत्रको स्थलगत अवलोकन भ्रमण भयो ।अवलोकन भ्रमण पश्चात चितवन उद्योग संघको सभाहलमा औद्योगिक क्षेत्रको प्रगति समिक्षा र कार्ययोजना सम्वन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष श्री नन्द किशोर बस्नेतज्यूले वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भई चारकिलाभित्र रहेको रुखहरु गणना गरी रुखहरु व्यवस्थापन गर्न जिल्ला वन डिभिजन कार्यालयमा अनुरोध गर्दा स्वीकृत प्रतिवेदनमा उल्लेखित सामुदायिक वनको क्षेत्रफल र जिल्ला वन डिभिजन कार्यालयले अभिलेख गरेको वनको क्षेत्रफल फरक परेको कारण देखाई जिल्ला वन डिभिजन कार्यालयले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन संशोधन गर्न लेखेको पत्रको कारण रुखहरु व्यवस्थापन गर्न ढिलाई भएको जानकारी गराउनु भयो ।औद्योगिक क्षेत्र पूर्वाधार निर्माणमा सबै सरोकारवाला निकायहरुले सहयोग गर्न समेत अनुरोध गर्नु भयो ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री सुशिल भट्टज्यूले औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणमा विदेशी लगानीकर्ताहरुको पहिचान गरी लगानीको स्रोत जुटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरेज्यूले वातावरणी प्रभाव मूल्याङ्कन स्वीकृत भई निर्माणका चरणमा देखिएको समस्या वन तथा वातावरण मन्त्रालयसँग बसेरसमधान गरिने कुरा बताउनु भयो । चितवन जिल्ला औद्योगिक नगरीको रुपमा विकास हुने चरणमा रहेको बताउनु हुँदै मुलुकको आर्थिक समृद्धिमा निजी क्षेत्रहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो।

    प्रतिनिधी मण्डलबाट हेटौडामा रहेको मयुरधाप औद्योगिक क्षेत्रस्थलगत भ्रमण पश्चात आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष श्री नन्द किशोर बस्नेतज्यूले जग्गाको भोगाधिकार प्राप्त पश्चात वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत हुने र एउटा मोडालिटी तयार गरी निर्माण कार्य शुरु गर्न सकिने वताउनु भयो ।सोही कार्यक्रममा संविधान सभाका सदस्य श्री अनन्त पौडेज्यूले यथासक्य छिटो औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गरी उद्योग प्रबर्द्धन गर्न र आर्थिक मेरुदण्डको रुपमा रहेको उद्योगहरुलाई समयसापेक्ष सुविधाहरु उपलब्ध गराई देशमा रोजगारी सिर्जना गर्ने वातावरण मिलाउन आग्रह गर्नु भयो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरेज्यूले नेपाल सरकारबाट घोषणा भएको औद्योगिक क्षेत्रहरु मध्येमा मयूरधाप औद्योगिक क्षेत्र उपयुक्त स्थानमा रहेको कुरा बताउनु भयो ।जग्गाको भोगाधिकार कायम गरी वातावरणी प्रभाव मूल्याङ्कन स्वीकृत गर्ने चरणमा रहेको कुरा बताउनु भयो ।पूर्वाधार निर्माण कार्यान्वयनको समयमा देखिएका समस्याहरु अन्तरमन्त्रालय समाधान गरिने कुरा बताउनु भयो ।औद्योगिक क्षेत्र निर्माणमा स्थानीय बासीहरुकोअपार सहयोग र साथ रहेकोमा स्थानीयवासीहरु प्रती कृतज्ञता व्यक्त गर्नु भयो । औद्योगिक क्षेत्र स्थापना गर्ने चरणमा उठेका र उठ्न सक्ने समस्याहरुलाई प्राथमिकतामा राखीसमधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु हुँदै औद्योगिक क्षेत्रको निर्माण कार्य छिटै सुरु गर्न आतुर रहेको बताउनु भयो ।

    १.मकवानपुरकाे मयुरधाप औद्याेगिक क्षेत्र व्यवस्थापन कार्यालयकाे स्थलगत निरिक्षण तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्षज्यूकाे सम्बाेधन ।


    २. चितवनकाे शक्तिखाेर औद्याेगिक क्षेत्र व्यवस्थापन कार्यालयकाे छलफल तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्षज्यूकाे सम्बाेधन ।

    ३. चितवनकाे शक्तिखाेर औद्याेगिक क्षेत्र व्यवस्थापन कार्यालयकाे छलफल तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्षज्यूकाे सम्बाेधन ।

    ४.चितवनकाे शक्तिखाेर औद्याेगिक क्षेत्र व्यवस्थापन कार्यालयकाे स्थलगत निरिक्षण ।

    5.मकवानपुरकाे मयुरधाप औद्याेगिक क्षेत्र व्यवस्थापन कार्यालयकाे स्थलगत निरिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सचिवज्यूकाे सम्बाेधन ।

    6. औद्याेगिक क्षेत्र व्यवस्थापन कार्यालयहरुकाे स्थलगत निरिक्षण तथा अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि मण्डलज्यूहरुकाे भेटघाट ।