?>
  • चीन-नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्याक्रम

    चीन-नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्याक्रम

    2021-04-03 - 2021-05-03 दमक औ‍.क्षे.व्य.कार्यालय
    "आर्थिक विकासको लागि औद्योगिक पूर्वाधारसमृद्ध नेपाल, सुखी नेपालीको आधार"

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकोदमक औद्योगिक क्षेत्रमा

    चीन-नेपाल मैत्री औद्योगिक पार्क

    औद्योगिक क्षेत्र घोषणा भएको मितिदेखि शिलान्यास सम्मको

    कार्यप्रगतिप्रतिवेदन

    1. औद्योगिक क्षेत्र घोषणाः

    प्रदेश 1 झापा जिल्लाको कमल गाउँपालिकाको पूर्वमा झर्का स्कूलदेखि पश्चिम सम्पूर्ण नदी उकास क्षेत्र तथा दमक नगरपालिकावडा नं. १९ को रमा सामुदायिक सेवा तथा प्रकोप व्यवस्थापन समितिले संरक्षण गरेको दमक चक्रपथ पूर्वको माटाको बाँध, उत्तर दक्षिण धिमालहरुको महाराजस्थान छाडी सोको दक्षिण,दक्षिणपूर्व एवं सेतुमारी खेल मैदानको मध्यपश्चिमको उत्तर दक्षिण रतुवा नदी उकास क्षेत्र हुँदै मावा रतुवाको सम्पूर्ण नदी उकास क्षेत्र, उत्तरमा पूर्वतर्फ साविक लखनपूर गाउँ विकास समितिको खयरबारीदेखि दक्षिण सम्पूर्ण नदी उकास क्षेत्र तथा पश्चिमतर्फ दमक नगरपालिका वडा नं. १८ को नम्बरी किता पूर्वको उत्तर दक्षिणबाट सम्पूर्ण नदी उकास क्षेत्रलालधनरा मगरचोक मानव वस्तीदेखि पश्चिमको सम्पूर्ण नदी उकास क्षेत्र हुँदै दक्षिणमा गौरादह नगरपालिका खयरबारीदेखि उत्तर यी चारकिलाभित्र करिब 500 विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्न नेपाल सरकारबाट मिति 2072 चैत्र 1 गते दमक औद्योगिक क्षेत्र घोषणा भएको हो । घोषणा भएको दमक औद्योगिक क्षेत्रको क्षेत्रफल साविकको 500 विगाह क्षेत्रफल संशोधन गरी २१०० बिगाहक्षेत्रफल हुनु पर्ने भएको हुँदा नेपाल सरकारबाट मिति 2072 असार 3 गते दमक औद्योगिक क्षेत्रको जग्गा क्षेत्रफल 2100 विगाह कायम भएको हो ।